Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

  • 1.3K
    SHARES
  • किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

    काठमाडौं । साउन सुरु भएसँगै महिलाहरु हातमा हरियो चुरा र विभिन्न कलाकृति कुँदेर मेहन्दीले हात सिँगार्न थालेका छन् । खासगरी नेपाल र भारतमा हिन्दु धर्माबलम्बिले साउन महिनालाई धार्मीक आस्थाका साथ मनाउने गरेका छन् । 

    images

    साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले याे महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउँछन् । पछिल्लाे समयमा फेसन बनेकाे हरियाे चुरा, हरियाे पहिरन, मेहेन्दी लगाउनुकाे पछाडि धार्मिक महत्व रहेकाे मानिन्छ । 

    हरियो रंगलाई धर्मशास्त्रहरुले सौभाग्यको रंग भनेर वर्णन गरेका छन् । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व हुन्छ । साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण पनि हरियाे रंग लगाइन्छ । 

    हिन्दू धर्म शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ ।

    धार्मीक विश्वासअनुसार साउनमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुने मानिएकाे छ । साथै हरियो रंगलाई प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक मानिन्छ । 

    ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुने र यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

    महिलाका लागि हरियो रंग परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ । बुध ग्रहको असर व्यक्तिको करिअर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ ।

    हरियो रंग र प्रकृतिसँगको एकाकारले मानिसमा सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

    साउनको महिनामा पर्ने सोमबारलाई धेरै महत्त्वपूर्ण मानिन्छ । शिव पुराणअनुसार यस महिनाको सोमबार उपवास बस्नेहरुको भगवान शिवले सबै मनोकांक्षा पुरा गर्ने विश्वास गरिन्छ । साउनलाई वर्षको सबैभन्दा पवित्र महिना पनि मानिन्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology