Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

  • 106
    SHARES
  • रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

    रामेछाप । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली-पकरवास-भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ ।

    मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास-भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

    खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली-पकरवास-भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए ।

    मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ ।

    आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली-पकरवास-भिरापनी-सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    डक सुचारु गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय र गाँउपालिकाको टोली आइतबार साँझ अबेरसम्म खटिएका थिए ।

    यसैबीच यातायात सेवा अवरुद्ध भएपछि तारा एयरले आइतबार देखि दैनिक मन्थली-काठमाण्डौ उडान सुरु गरेको छ ।बाढीपहिराका कारण सदरमुकाम मन्थली लगायतका अधिकांश ठाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा अझै अवरुद्ध छन् । 

  • सम्बन्धित विषय:

  • # यातायात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij