Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रदेश २ सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रदेश २ सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ 

  • 1.0K
    SHARES
  • प्रदेश २ सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ 

    जनकपुर । नवनियुक्त प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहले शनिबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

    नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पथ गराएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले शनिबार नै माओवादी केन्द्रका सांसद साहलाई मन्त्रीमा नियुक्त गरेका थिए । माओवादी केन्द्र पनि प्रदेश २ सरकारमा आजबाट सहभागी भएको हो । 

    सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको सपथ गराए ।

    प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा दिएका थिए । सपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।

    प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवले दिए राजीनामा  प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवले दिए राजीनामा 

    प्रदेश २ मा आज माओवादी सरकारमा जाँदै, को–को बन्दैछन् मन्त्री?  प्रदेश २ मा आज माओवादी सरकारमा जाँदै, को–को बन्दैछन् मन्त्री? 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij