Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विश्वासको मत दिने नदिने भोट हाल्ने बेलामा मात्रै थाहा हुन्छः योगेश भट्टराई

विश्वासको मत दिने नदिने भोट हाल्ने बेलामा मात्रै थाहा हुन्छः योगेश भट्टराई

  • 469
    SHARES
  • विश्वासको मत दिने नदिने भोट हाल्ने बेलामा मात्रै थाहा हुन्छः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने नदिने भन्ने कुरा भोट हाल्ने बेलामा मात्रै थाहा हुने स्पष्ट पारेका छन् ।

    images

    मालेको विघटित कार्यदलका नेताहरुले आइतबार विहान वरिष्ठ नेता माधव नेपाललाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीको आधिकारिक धारणा ख्याल गर्न आग्रह गरेका थिए । 

    नेपाल पक्षमा रहेका भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा अहिले केही भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

    नेकपा एमालेमा वरिष्ठ नेता नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताइरहेको छ भने नेपाल पक्षकै केही नेताहरू भने तटस्थ छन् । 

    प्रधानमन्त्री देउवाले आइतबार विश्वासको मत लिने भएपछि नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

    शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology