Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

‘औकात सार्वजनिक हुने डरले ठाकुर र महतो देउवालाई समर्थन गर्न बाध्य’

‘औकात सार्वजनिक हुने डरले ठाकुर र महतो देउवालाई समर्थन गर्न बाध्य’

  • 4.0K
    SHARES
  • ‘औकात सार्वजनिक हुने डरले ठाकुर र महतो देउवालाई समर्थन गर्न बाध्य’

    काठमाडौं । अघिल्लो दिनसम्म प्रतिनिधिसभा विघटनको समर्थन गर्दै केपी ओलीसँग काँधमा काँध मिलाएर बसेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो समुह प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला अप्रत्यासित रुपमा ‘यु टर्न’ भयो ।

    images

    पार्टी फुटाउनसमेत तयार भएर ओलीलाई समर्थन गर्न पुगेको यो समुह अचानक प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिन किन तयार भयो ? यो प्रश्नमा जसपाकै सांसदको जवाफ यस्तो छ, ‘आफ्नो औकात सार्वजनिक हुने डरले देउवालाई विश्वासको मत दिएका हुन् ।’ ती सांसदका अनुसार ठाकुर र महतोसँग अहिले १० जना सांसद पनि छैनन् । 

    तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि पनि जसपाको ठाकुर–महतो पक्ष उनकै सरकारमा सहभागी भयो । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाकै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई आन्दोलीत हुँदै जसपाकै अर्काे खेमाबाट ११ जना मन्त्री बने । 

    तर, त्यसबेला गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले थपिएका मन्त्रीहरु पदमुक्त हुने आदेश जारी गर्यो । सर्वाेच्चको आदेशबाट मन्त्री खोसुवामा परे पनि उक्त समुह ओलीकै पक्षमा थियो ।

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन वदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेपछि जसपाको यादव र भट्टराई पक्षको जित भयो । ओली सरकारमा सहभागी हुने बेला ठाकुर र महतोले आफ्नो पक्षमा जसपाका ३२ मध्ये २० सांसद जुटाएका थिए । त्यसबेला पार्टीमा बलियो देखिएका ठाकुर र महतो सर्वाेच्चको आदेशपछि निकै कमजोर बने । 

    ओली सरकारमा पठाउने सांसद छनौटमा ठाकुर र महतोसँग जसपाका निकै सांसद असन्तुष्ट भए । खासगरी राजेन्द्र महतो निकट सांसदहरु नेतृत्वसँग असन्तुष्ट भएका थिए । सरकारमा सहभागी हुने व्यक्ति र त्यही बेला थप भएको कार्यकारिणी सदस्यमा नेतृत्वले आफन्त मात्र थपेपछि सांसदहरु असन्तुष्ट बनेका थिए । अवस्था कस्तोसम्म आयो भने, महतोसँग निकै नजिक रहेका सांसद नै अहिले उपेन्द्र यादवलाई बहुमत जुटाउने मुख्य सहयोग गर्ने भूमिकामा छन् । 

    महतो सद्भावना पार्टीको अध्यक्ष हुँदा उनको गृह जिल्ला सर्लाहीमा सोही पार्टीका जिल्ला अध्यक्ष रहेका सांसद प्रमोद साह अहिले उपेन्द्र यादवको खेममा पुगेका छन् । राजेन्द्र महतोको व्यवहारले उनी धकेलिएर यादव नजिक पुगेका हुन् । साहले नै अहिले अहिले ठाकुर–महतो खेमाका सांसद उपेन्द्र यादवको पक्षमा लैजाने मुख्य भूमिका निर्वाह गरेका छन् ।

    ‘शेरबहादुर देउवालाई विश्वासको मत नदिने अडानमा बसको भए उहाँहरु (ठाकुर–महतो) सँग कतिजना सांसद बाँकी छन भन्ने सार्वजनिक हुन्थ्यो,’ साहले भने, ‘११ जनालाई उहाँहरुले ओली सरकारमा मन्त्री बनाउनु भएको थियो, तर अहिले ९ जना सांसद पनि उहाँहरुसँग छैन् । औकात सार्वजनिक हुने डरले उहाँहरु हतार–हतार विश्वासको मत दिने पक्षमा उभिनु भएको हो ।’ 

    देउवाले विश्साको मत माग्दै महन्थ ठाकुरलाई पठाएको पत्र जसपाको अध्यक्षलाई नभइ व्यक्तिलाई पठाएको पत्रको व्यहोराबाट थाहा हुने साहले बताए । त्यस्तो पत्रको आधारमा समर्थनमा उत्रिनु भनेको लाज ढाक्नका लागि मात्र भएको साह बताउँछन् । ‘देउवा सरकारले बहुमत नपाओस भन्ने सम्पूर्ण प्रयास असफल भएपछि लाज ढाक्न र पद पाउने लोभमा उहाँहरु समर्थनमा आउनु भएको हो,’ साहले भने । 

    किन कमजोर बन्यो जसपामा ठाकुर–महतो समुह ? किन कमजोर बन्यो जसपामा ठाकुर–महतो समुह ?

    'विश्वासको पक्षमा जसपाका २० सांसद'  'विश्वासको पक्षमा जसपाका २० सांसद' 

    देउवाले पत्र लेखेरै मागे जसपामा ठाकुर पक्षसँग विश्वासको मत देउवाले पत्र लेखेरै मागे जसपामा ठाकुर पक्षसँग विश्वासको मत

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology