वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् ।
मन्त्री लेखकले भने,‘जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक रकमको व्यस्था भइसकेको छ । आवश्यक मापदण्डहरु कार्यविधिहरुको तयार भइसकेको छ । अब दुई हप्तामा नै हामी डीडीएको काम प्रारम्भ गछौं।’
त्यस्तै उनले सरकार संघीय संसदको बैठक अधिवेशन चाँडै आव्हान गर्ने तयारीमा रहेको बताए । संघीय संसदको आव्हान रोक्दा पनि धेरै कामहरु भइरहेको भन्दै बेकाम भएको भन्न चाँही नमिल्ने बताए । मन्त्री लेखकले भने,‘संघीय संसदको बैठक अधिवेशन सरकार चाँडै आव्हान गर्ने भएको छ । तर त्यसको अर्थ संघीय संसदको आव्हान रोक्दा चाँही म बेकामे भएको भन्ने होईन् । यो काम नै हो नि हामीले जुन काम रहेको छौं यो काम नै भएकाले बेकामे भएको छैनौं ।’ उनले राष्ट्रिय परिचय पत्रलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij