वेबटिभी खबर
काठमाडौं । आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो ।
यससँगै बागमतीले यही माघ १७ गते संकटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले रु २६ लाख तथा उपविजेताले १३ लाख प्राप्त गर्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij