Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

  • 126
    SHARES
  • जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

    रौतहट । बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ । रौतहटको दुर्गा भगवति गाउँपालिका–१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो ।

    वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 
    गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित मामा घर आएका बालक खेल्ने क्रममा हराएका थिए ।

    बालकको खोजीमा प्रहरी र स्थानीयहरु संगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् । यस घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिएकी छिन । यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij