Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संक्रमण बढ्न थालेपछि काठमाडौंका आइसोलेसन खुला गर्ने तयारी

संक्रमण बढ्न थालेपछि काठमाडौंका आइसोलेसन खुला गर्ने तयारी

  • श्रावण ७, २०७८ बिहिवार ०९:०९ बजे
  • 555
    SHARES
  • संक्रमण बढ्न थालेपछि काठमाडौंका आइसोलेसन खुला गर्ने तयारी

    काठमाडौं– काठमाडौं महानगरपालिकाले बन्द भएका आइसोलेसन सेन्टर पुनः खोल्ने तयारी गरेको छ। कोरोना भाइरसको संक्रमण दर पुनः बढ्न थालेकाले बन्द भएका आइसोलेसन सेन्टर खुला गर्ने निर्णयमा महानगर पुगेको हो।

    images

    संक्रमणको दोस्रो लहर कम भएसँगै आइसोलेसन सेन्टर बन्द गरिएका थिए।  पछिल्ला केही दिन यता  काठमाडौंमा संक्रमण दर बढ्न थालेको छ। 

    महानगरपालिका क्षेत्रमा पछिल्लो समय संक्रमण दर बढेर झण्डै २० प्रतिशत पुगेपछि महानगरपालिकाले बन्द गरिएका आइसोलेसन सेन्टर खुला गर्ने योजना बनाएको छ।

    महानगरका अनुसार सामाखुसीको राधास्वामी, क्षेत्रपाटीको छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टर फेरि खुला गर्ने तयारी गरिएको छ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology