Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

एमाले एकताका लागि जगन्नाथ खतिवडाले नेतृत्वलाई दिए चार सुझाव

एमाले एकताका लागि जगन्नाथ खतिवडाले नेतृत्वलाई दिए चार सुझाव

  • श्रावण ७, २०७८ बिहिवार १३:४८ बजे
  • 593
    SHARES
  • एमाले एकताका लागि जगन्नाथ खतिवडाले नेतृत्वलाई दिए चार सुझाव

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टी एकताका लागि नेतृत्वलाई चार सुझाव दिएका छन् ।  उनले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने तर्क समेत राखेका छन् । 

    images

    ‘ओलीले अध्यक्षबाट तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ’, पुष्पलाल मित्रता केन्द्रका अध्यक्षसमेत रहेका खतिवडाले भनेका छन् । खतिवडाले नेतृत्वलाई यस्ता सुझाव दिएका छन् : 


    एक – विगतमा ओलीले गरेका गल्तीहरु स्वीकार्ने, सच्याउने र भविष्यमा यस्ता गल्ती नगर्ने प्रतिवद्धता जनाउने । त्यसका लागि संयन्त्र निर्माण वा विधि तय गर्ने । 

    दुई – पार्टीलाई निःशर्त २ जेठ ०७५ मा फर्काउने । 

    तीन – केन्द्रीय कमिटी र स्थायी कमिटीमा सदस्यहरु थप्नु परेमा अध्यक्ष ओली र र वरिष्ठ नेता नेपाल पक्षबाट बराबरीको अनुपात मिलाउने ।

    चार – २३ फागुन ०७७ मा सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँताएपछिका पार्टी निर्णयहरु निःशर्त खारेज गरेर मात्र दशौं केन्द्रीय कमिटि बैठक बस्नुपर्ने ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology