Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रचण्ड, नेपाल, वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने, ओलीलाई किन बोलाइएन ? 

प्रचण्ड, नेपाल, वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने, ओलीलाई किन बोलाइएन ? 

  • 3.8K
    SHARES
  • प्रचण्ड, नेपाल, वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने, ओलीलाई किन बोलाइएन ? 

    काठमाडौं । पुराना माओवादी शक्ति र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य (किरण), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् । 

    images

    यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशी पनि उक्त मञ्चमा सहभागी हुने बताइएको छ । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार दिउँसो १ तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिस्ट नेताहरुले सम्बोधन गर्ने माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले बताए ।

    प्रतिष्ठानले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने कार्यक्रममा बोलाएको छैन । क्रान्तिकारी शक्तिहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको खतिवडाले जानकारी दिए । विभिन्न पार्टी र घटकमा छरिएर रहेका कम्युनिस्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

    ३१ असारमा नेपाल निवास कोटेश्वर पुगेर विप्लवले कम्युनिस्ट शक्तिहरु एक हुनुपर्ने बताएका थिए ।  त्यसयता विप्लवले कम्युनिस्ट शीर्ष नेतृत्वको भेटलाई तीव्रता दिँदै आएका छन् । छरिएर रहेका कम्युनिस्ट शक्तिबीच एकताको अवस्थामा नरहे पनि एउटै मञ्चबाट विचार विमर्शको आह्वान गरिने बताइएको छ । एमाले अध्यक्ष ओली कम्युनिस्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले शुक्रबारको उक्त कार्यक्रममा नबोलाएको प्रतिष्ठानले जनाएको छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology