Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अपमान सहेर पार्टीमा बस्न सकिन्न: माधव नेपाल

अपमान सहेर पार्टीमा बस्न सकिन्न: माधव नेपाल

  • 830
    SHARES
  • अपमान सहेर पार्टीमा बस्न सकिन्न: माधव नेपाल

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४३औं स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दै बाध्य नभई कोही पनि घरबाट निस्कन नचाहने उल्लेख गरे ।

    images

    नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टीभित्र एकताको नाममा अपमान सहेर नबस्ने स्पष्ट पारे । ‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर अघि बढ्नेछौं । कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहन्छौं,’ नेपालले भने, ‘क्रान्तिकारी पार्टीको स्वरुप लिएर नै एमाले अघि बढोस् भन्ने चाहना व्यक्त गर्दछौं ।’

    नेपालले संस्थापनले गल्ती सच्याए आफू एमालेमा फर्किने संकेत गरे । ‘आफैंले बनाएको घरबाट त्यत्तिकै कोही निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन । सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन,’ नोपलले भने । नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरन्डामा उफ्रिने नाटक मञ्चन भइरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology