Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक [भिडियाे]

कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक [भिडियाे]

  • 595
    SHARES
  • कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक [भिडियाे]

    काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ वान्तवाको संगीत रहेको गीतमा लेखक राजन मुकारुङको शब्द रहेको छ ।

    images

    'मदन पुरस्कार विजेता अग्रज सर्जकको गीतमा स्वर भर्न पाउनु मेरा लागि गौरवको विषय हो । गीतलाई सकेसम्म न्याय दिने प्रयास गरेकी छु,’ उनले भनिन् । 

    kafal.jpg

    वान्तवा र मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै हिट गीतको सूचीमा परिसकेको छ । कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायांकन गरिएको छ । 

    कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् । गीतको भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology