Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बाढीको उच्च जोखिममा मनाङकाे जनप्रिय मावि

बाढीको उच्च जोखिममा मनाङकाे जनप्रिय मावि

  • 521
    SHARES
  • बाढीको उच्च जोखिममा मनाङकाे जनप्रिय मावि

    मनाङ ।  गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ । 

    images

    लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ ।

    विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उनीहरुको भनाइ छ ।  

    बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उनले बताए । 

    चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो ।

    विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उनले बताए ।

    भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उनी बताउँछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology