Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

  • 158
    SHARES
  • नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।

    साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो । मध्यविन्दु नगरपालिका-१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए ।

    मध्यविन्दु नगरपालिका-१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो । पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने  भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
     
    दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij