Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गोदावरी नगरपालिकाका मेयरसहित ३ अधिकारी स्काउटबाट दीक्षित

गोदावरी नगरपालिकाका मेयरसहित ३ अधिकारी स्काउटबाट दीक्षित

  • 860
    SHARES
  • गोदावरी नगरपालिकाका मेयरसहित ३ अधिकारी स्काउटबाट दीक्षित

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा रहेको स्काउटले मेयर, उपमेयर र शिक्षा शाखा प्रमुखलाई दीक्षित गरेको छ । देशका ७ सय ५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।

    images

    नगर स्काउटले  बिहीबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गरेको हो । दीक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका केन्द्रीय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् स्काउटका केन्द्रीय संयोजक भण्डारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा स्काउटको विकास र विस्तारका लागि नीतिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउँदै नयाँ सरकारले त्यसको सफल कार्यान्वयनमा जोडदिनु पर्ने बताए । 

    उनले स्काउटले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवा भावनाको विकास गर्दै वौद्धिक, नैतिक र सामाजिक विकास हुने उल्लेख गरे । मुलुक संघीय संरचनामा गएसँगै स्काउटको अधिकार  स्थानीय तहमा पुगेको बताउँदै उनले आगामी दिनमा स्काउटको विकास र विस्तारका लागि  स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताए ।

    गोदावरी नगरपालिकाले नितिगत रुपमा नै स्काउटका लागि बजेट विनियोजन गरेर देशभरका सबै स्थानीय तहलाई सकारात्मक सन्देश दिएको भण्डारीले उल्लेख गरे । कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वरिष्ठ सञ्चारकर्मी एवम् रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद दिए ।

    अनुशासनमा कसरी बस्ने अनुशासन के हो त्यो स्काउट बाट सबैले सिक्नुपर्ने बताउँदै उनले आगामी दिनमा सञ्चार जगत र स्काउटले सहकार्य गर्दै स्काउटका गतिविधिहरु जनताको माझ पुराउन आफुलगायतका सञ्चारकर्मीहरु तयार रहेको बताए । यसै गरी  नेपाल पत्रकार महासघंका महासचिव रोशन पुरीले विपद्मा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै स्काउटका गतिविधि जनताको माझ पुर्याउन आगामी दिनमा स्काउट र पत्रकारका महासंघबीच  सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमको सभापतिसमेत रहेका संरक्षक एवम् मेयर गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसँगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए । उनले भावी दिनमा नगरभित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको जानकारी गराए । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेलेको बताए ।

    कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिइन् ।

    साथै आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरिन् । यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् नगर स्काउटका सदस्य सचिव देवीप्रसाद पौडेलले स्काउटको अधिकार स्थानिय तहमा आएसँगै नगरभित्रका सम्पुर्ण सामुदाियक तथा निजि विद्यालयहरुमा स्काउट पुराउने पहिलो प्राथमिकतामा आफु लाग्ने उनको भनाइ थियो । 

    कार्यक्रममा शिक्षा पत्रकार सन्जाल इजोनका पुर्व अध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको र त्यसको वृत्ति विकास र विस्तारका लागि अब स्थानीय तहले चासो दिनुपर्ने बताए ।

    यस्तै उनले पछिल्लो समय विपद् व्यवस्थापनमा समेत सक्रिय बन्दै आएको स्काउटले कोरोना महामारेबाट ज्यान गुमाएकाको शव व्यवस्थापन, राजधानीमा पार्किङ व्यवस्थापन तथा ट्राफिक लाइट व्यवस्थापनमा अतुलनीय योगदान गरेको स्मरण गर्दै गोदावरी नगरपालिकाले शीर्षकमै बजेट विनियोजन गरी उदाहरणीय काम गरेको भन्दै नगरपालिकालाई धन्यावद व्यक्त गरे । 

    अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमीकतामा राखेर अघि बढेकोमा शुभकामना व्यक्त गदै आगामी दिनमा स्काउट विकासमा देशकै नमुना नगरपालिकाका रुपमा स्थापित हुने गरि अघि बढ्न आग्रह गरे । कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष ,गोदावरी शिक्षक महासंघ, प्याब्सन, विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जरलगायतको उपस्थति थियो ।

    राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको  हो । स्काउटको विकासका लागि गोदावरीले चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology