Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

युवाहरुलाई ‘बाँदर’ बनाइएकोमा अष्टलक्ष्मीको आपत्ति

युवाहरुलाई ‘बाँदर’ बनाइएकोमा अष्टलक्ष्मीको आपत्ति

  • श्रावण ८, २०७८ शुक्रवार १५:२१ बजे
  • 424
    SHARES
  • युवाहरुलाई ‘बाँदर’ बनाइएकोमा अष्टलक्ष्मीको आपत्ति

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीले युवाहरुलाई सही नेतृत्व दिन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठनको भवनमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

    images

    एमालेको राष्ट्रिय युवा संघ, नेपालले मंगलबार काठमाडौंमा पार्टी वरिष्ठ नेता माधव नेपालविरुद्ध ‘बाँदरे जुलुस’ निकालेकोतर्फ शाक्यले यस्तो प्रतिक्रिया दिएकी हुन् ।  उनले सीर्जनशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा पठाएको ? भन्दै प्रश्न गरेकी छिन् । 

    बागमती प्रदेशसभा सदस्यसमेत रहेकी शाक्यले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । दुई तिहाइ बहुमत ल्याएको कम्युनिष्ट पार्टी आज कसरी र कहाँ पुग्यो समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।  नेपालमा बलियो कम्युनिष्ट पार्टीको अझै आवश्यकता रहेको शाक्यले बताइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology