Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएपछि शिक्षक महासंघले दियो माइतीघरमा धर्ना

इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएपछि शिक्षक महासंघले दियो माइतीघरमा धर्ना

  • 4.1K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले तलब नपाएपछि शिक्षक महासंघले दियो माइतीघरमा धर्ना

    काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्वघोषित चौँथो चरणको कार्यक्रमअनुसार शिक्षकहरूले आज विहान १० बजेदेखि १ बजेसम्म धर्ना दिएका हुन् ।

    images

    प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने लगायतका माग ३४ सूत्रीय माग राखी शिक्षक महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनमा छ । 

    आफूहरूले राखेका मागमध्ये हालसम्म कोरोना खोपसम्बन्धी मात्रै सुनुवाइ भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउँछन् । प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि निर्णय गरे पनि स्पष्ट नभएको, स्थानीय पालिकाहरूको सन्जालले यसको दायित्व लिन नसकेको बताए ।

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    सरकारले प्रारिम्भक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गरेर १५ हजार दिइने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । जसमा संघीय सरकारले आठ हजार र बाँकी स्थानीय तहले बेहोर्नुपर्ने जनाएको थियो । महासचिव सुवेदीले भन्छन्, ‘यो निर्णय स्पष्ट छैन ।' 

    बिहान १० बजेदेखि सुरु भएको धर्ना कार्यक्रम दिउँसो एक बजेसम्म हुने महासंघले जनाएको छ । महासंघले भदौ ११ गतेसम्म हरेक शुक्रबार विभिन्न आन्दोलनको घोषणा यसअघि नै घोषणा गरिसकेको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology