Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

साला जिन्दगी 

साला जिन्दगी 

  • श्रावण ९, २०७८ शनिवार १२:४३ बजे
  • 1.3K
    SHARES
  • साला जिन्दगी 

    न चाबी भयो, न ताला– साला जिन्दगी ।
    न सियो भयो, न भाला– साला जिन्दगी ।

    images

    न वासना आउँछ, न गलो सजिन्छ,
    न फूल भयो, न माला– साला जिन्दगी ।

    न यात्रा ठेल्न सक्छ, न ढल निकास
    न बाटो भयो, न नाला– साला जिन्दगी ।

    न जोखेर बेच्नु, न त पकाई खानु
    न मासु भयो, न छाला– साला जिन्दगी ।

    घोटे पनि, सीपकला– घोप्टाएर पनि
    न चुरो भयो, न बाला– साला जिन्दगी

    न त हान्न मिल्छ, न थाप्नै सकिन्छ
    न झापट् भयो, न गाला– साला जिन्दगी ।

    मज्जाले मताउने, न मात्दै नमात्ने,
    न शुरा भयो, न प्याला– साला जिन्दगी ।  

  • सम्बन्धित विषय:

  • # गजल
  • # साहित्य

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology