Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व: प्रदेश प्रमुख पौडेल

जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व: प्रदेश प्रमुख पौडेल

  • 436
    SHARES
  • जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व: प्रदेश प्रमुख पौडेल

    पाेखरा ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताएकी छिन् ।

    images

    मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा.मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताएकी हुन् । 

    गुरु परम्परा प्राचीन सनातन  परम्परा रहेको जनाउँदै उनले गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने सदियौँदेखि चलिआएको परम्परा भएको बताइन् ।

    द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत रहेको स्मरण गराउँदै उनले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिमय बनाउन सके मात्र गुरुप्रतिकोे सच्चा सम्मान हुने धारणा राखिन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology