Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चीनको हेनान प्रान्तमा बाढीबाट ५६ को मृत्यु

चीनको हेनान प्रान्तमा बाढीबाट ५६ को मृत्यु

  • 665
    SHARES
  • चीनको हेनान प्रान्तमा बाढीबाट ५६  को मृत्यु

    चीन । मध्य चीनको हेनान प्रान्तमा शुक्रबारसम्म भएको व्यापक वर्षापछिको बाढी तथा डसबानका कारण ५६ व्यक्तिको मृत्यु भएको छ ।

    images

    सो प्रकोपपछि चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ । 

    पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।  

    चीन राज्य बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोली शुक्रबार सिन्सिआङ्ग बाढीको असरे निरीक्षण गर्न समन्वय गरेको छ  । 

    गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा  १२ करोड व्यक्ति प्रभावित  भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology