Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सोल्सायरले थपे सम्झौता, २०२४ सम्म युनाइटेडमै रहने 

सोल्सायरले थपे सम्झौता, २०२४ सम्म युनाइटेडमै रहने 

  • श्रावण १०, २०७८ आइतवार ०९:११ बजे
  • 501
    SHARES
  • सोल्सायरले थपे सम्झौता, २०२४ सम्म युनाइटेडमै रहने 

    काठमाडौं–  म्यानचेस्टर युनाइेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरसँगको सम्झौता थपेको छ। क्लबका पूर्व खेलाडी समेत रहेका नर्वेका सोल्सायरले शनिबार युनाइटेडसँग तीन वर्षे नयाँ सम्झौता गरेका हुन् ।

    images

    नयाँ सम्झौता अनुसार सोल्सायर सन् २०२४ सम्म युनाइटेडमा बस्नेछन् । थप एक वर्षको विकल्प समेत राखिएको छ । ४८ वर्षीय सोल्सायर सन् २०१८ डिसेम्वरमा युनाइटेड फर्किएका थिए ।

    जोसे माउरिन्होको बर्खास्ती पछि उनले युनाइटेड सम्हाल्ने मौका पाएका थिए। केयरटेकरको भूमिका युनाइटेड आएका उनले  तीन महिनापछि नै स्थायी प्रशिक्षक बन्दै क्लबसँग ३ वर्षको सम्झौता गरेका थिए ।

    सन् १९९६ देखि २००७ सम्म युनाइटेडका खेलाडी रहेका सोल्सायरले गत वर्ष युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको उप–विजेता बनाएपछि उनललाई क्लबले सम्झौता नविकरण गरेको हो ।

    सोल्सायरको प्रशिक्षणमा युनाइटेड युरोपा लिगको फाइनल पनि पुगेको थियो । सम्झौता नविकरणपछि उनले  उत्साहि रहेको प्रतिक्रिया दिएका छन्।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology