Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीहरु पुनः आन्दोलित

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीहरु पुनः आन्दोलित

  • श्रावण १०, २०७८ आइतवार १२:२८ बजे
  • 650
    SHARES
  • माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीहरु पुनः आन्दोलित

    काठमाडौं । आफूहरुले राखेका माग सरकारले पुरा नगरेको भन्दै यातायात व्यावसायीहरु आइतबार (आज) पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंस्थित माइतीघर मण्डलामा आन्दोलन गरेका उनीहरूले उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने चेतावनी दिएका छन् ।

    images

    यातायात व्यावसायीको प्रदर्शनले माइतीघर मण्डला, थापाथली, नयाँ वानेश्वरलगायतका चोकमा यातायात सञ्चालन प्रभावित बनेको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायात बीमा छुट समायोजन गर्नुपर्ने, निषेधाज्ञा अवधिभरको नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।

    यातायात व्यावसायीहरुले बिहीबार उपत्यकाको चक्रपथका विभिन्न चोकमा सवारीसहित आन्दोलन गर्दै सरकारसमक्ष ७ बुँदे माग राखेका छन् । उक्त माग पुरा गर्न सरकारले चासो नदेखाएको यातायात व्यावसायीको गुनासो छ । सरकारले आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology