Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेप्सेमा छायो हरियाली, सात वटा कम्पनीको शेयर मूल्य बढेको बढै 

नेप्सेमा छायो हरियाली, सात वटा कम्पनीको शेयर मूल्य बढेको बढै 

  • 1.7K
    SHARES
  • नेप्सेमा छायो हरियाली, सात वटा कम्पनीको शेयर मूल्य बढेको बढै 

    काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार बजार बढेसँगै नेप्सेमा हरियाली छाएको छ । आइतबार कारोबार सुरु भएदेखि नै शेयर मूल्य सर्किट लेवलमा वृद्धि हुन थालेको हो । 

    images

    यस अवधिमा कारोबारमा आएका २ सय १९ वटा कम्पनीमध्ये ७ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

    विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रो पावर डेप्लप्मेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी लिमिटेड र हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । 

    यस्तै राधि विध्युत् कम्पनी लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । आइतबार यस समयावधिमा सर्वाधिक कारोबार भने नेपाल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय ६ रुपैयाँ पुगेको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology