Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  • 863
    SHARES
  • स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसबाट समानुपातिकतर्फका संघीय सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

    images

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (९) बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा  आइतबार नियुक्त गरेकी हुन् ।

    भोजपुर घर भएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालक साथै प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

    दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । उनकाे सपथ ५ बजे हुने बताइएकाे छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology