Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

०५८.६४ बिन्दुमा पुगेर नेप्से बन्द, ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

०५८.६४ बिन्दुमा पुगेर नेप्से बन्द, ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

  • 1.0K
    SHARES
  • ०५८.६४ बिन्दुमा पुगेर नेप्से बन्द, ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसुचक १.८१ प्रतिशतले उकालो लागेको छ ।  कारोबारको पहिलो घण्टामा १.११ प्रतिशतले बढेर ३०३७.७३ बिन्दुमा पुगेको शेयर बजार चौथो घण्टामा ५४.३१ अंकले बढ्दै ३०५८.६४ बिन्दुमा पुगेर बन्द भएको हो । 

    images

    नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११.७४ अंक अर्थात् २.०९ प्रतिशत बढेर ५७४.०२ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २ सय २३ वटा कम्पनीको १ लाख ३९ हजार पटकको शेयर कारोबारमा ४ करोड ३९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।   

    अघिल्लो कारोबारका दिनको तुलनामा आइतबार बजार बढेसंगै नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस अवधिमा विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, राधि विद्युत् कम्पनी लिमिटेड, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेप्लप्मेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी लिमिटेड र हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

    साताको पहिलो कारोबारका दिन नौ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा नेप्सेमा हरियाली छाएको छ । आइतवार बैंकिग समूहका शेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ । यस समयावधिमा विशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६ हजार ७ सय १४ रुपैयाँ पुगेको छ भने कम्पनीको ६४ पटकको शेयर कारोबारमा १ हजार ३ सय ७ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    त्यस्तै ङादी ग्रुप पावरको शेयर मूल्य प्रतिकित्ता ७ सय ६३ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको २ हजार ८ सय २७ रुपैयाँ, राधि विद्युत कम्पनीको ९ सय ७ रुपैयाँ, पञ्चकन्या माइ हाइड्रोपावरको ३ सय ४५ रुपैयाँ, कालिका पावर कम्पनीको ६ सय ९ रुपैयाँ, जोशि हाइड्रो पावर कम्पनीको ३ सय ४४ रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ३ सय ५९ रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय ३२ रुपैयाँँ पुगेर बजार बन्द भएको छ । 

    अघिल्लो दिनको तुलनामा शेयर बजारमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयर मूल्य बढेको हो । आइतबार सर्वाधिक कारोबार भएको नेपाल बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ५ सय ८ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको ३ हजार ५ सय ८२ पटकको शेयर कारोबारमा ९ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology