Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ठाकुर पक्षको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार, जसपा आधिकारिकता यादव पक्षसँग आउन सक्ने

ठाकुर पक्षको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार, जसपा आधिकारिकता यादव पक्षसँग आउन सक्ने

  • 651
    SHARES
  • ठाकुर पक्षको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार, जसपा आधिकारिकता यादव पक्षसँग आउन सक्ने

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले बिहीबार पार्टीको विवाद निरुपणका लागि ११ गते बहुमत सदस्यसहित आयोगमा बोलाएको थियो । 

    images

    ठाकुर पक्षका प्रदीपकुमार पाठकले आयोगको उक्त निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा शुक्रबारमा रिट दायर गरेका थिए । ठाकुर पक्षको उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चको यो फैसलासँगै आयोगलाई जसपा विवाद निरुपणको फैसला सुनाउन सहज भएको छ । 

    २३ असारमा गठित प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वको इजलासले जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा पार्टी एकीकरणको बेला केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ११ साउनमा सशरीर उपस्थित हुन भनेको छ ।

    हाल पार्टीको केन्द्रीय कार्यकारिणी र संसदीय दलमा ठाकुर पक्ष अल्पमतमा छ । जसपाका ३२ सांसदमध्ये २० जना र कार्यकारिणी समितिका ५१ जनामध्ये ३१ जना सदस्य अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा छन् । ११ साउनमा (भोलि) आयोगमा उपस्थित हुँदा यादव पक्षले स्पष्ट बहुमतसहित पार्टीको आधिकारिकता पाउने निश्चित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology