Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रदेश १ मा भेराेसेल खोप वितरण सुरु

प्रदेश १ मा भेराेसेल खोप वितरण सुरु

  • 535
    SHARES
  • प्रदेश १ मा भेराेसेल खोप वितरण सुरु

    विराटनगर । प्रदेश १ का सबै जिल्लामा कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । शनिबारदेखि प्रदेशका जिल्लाहरुमा खोप पठाउन थालिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

    images

    खोप व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश १ सरकारले सोमबारसम्म १४ वटै जिल्लामा खोप पुर्याउने दाबी गरेको छ ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहका अनुसार कोरोनाविरुद्धको खोप वितरणका लागि शनिबारबाट १४ जिल्लामा पठाइएको छ ।

    सो क्रममा सोमबारसम्ममा १४ जिल्लाभरि खोप वितरण कार्य सम्पन्न गरिसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त खोप जिल्लातर्फ वितरण सुरु गरिएको केन्द्रका प्रमुख साहले बताए । आइतबार सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लामा भेरोसेल खोप पठाइएको छ ।  

    प्रदेशमा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल अर्थात् २ लाख ४० हजार डोज अमेरिकी खोप जोनसन एण्ड जोनसन आएको छ ।

    भेरोसेल खोप लगाउने कार्य सम्पन्नपछि जोनसन खोप वितरण सुरु गरिने साह बताए । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिलाई लगाइने तयारी गरेको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology