Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मन्दिर बनाउन जग खन्ने क्रममा कलात्मक मूर्ति भेटिए

मन्दिर बनाउन जग खन्ने क्रममा कलात्मक मूर्ति भेटिए

  • 512
    SHARES
  • मन्दिर बनाउन जग खन्ने क्रममा कलात्मक मूर्ति भेटिए

    सप्तरी । अग्निसाइर कृष्णसवरन गाउँपालिका-२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् ।

    images

    मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई  ती मूर्ति  हस्तान्तरण गरेका हुन् ।  

    मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुप्मा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए । 

    मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology