वेबटिभी खबर
काठमाडौं । पोखरामा बुधबार दुई वटा प्याराग्लाइडिङ ल्यान्ड गर्ने क्रममा फेवा तालमा खसेको छ । पोखरा उपमहानगरपालिका–१८ तोरेपानीबाट उठेको दुई वटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवा तालको बीच भागमा खसेको थियो ।
फेवा तालको बीच भागमा खसेकाे प्याराग्लाइडिङमा सवार चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरीको नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले दिउँसो करिब तीन बजे सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेश यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij