Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सोमबारदेखि धरानमा भेरोसेल खोप लगाइँदै

सोमबारदेखि धरानमा भेरोसेल खोप लगाइँदै

  • 422
    SHARES
  • सोमबारदेखि धरानमा भेरोसेल खोप लगाइँदै

    धरान । धरानमा कोरोनाविरुद्धको भेरोसेल खोप र जोन सन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोलि (सोमबार) देखि चिनियाँ भेरोसेल खोप लगाइने भएको हो ।

    images

     उपमहानगरपालिकामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

    उनका अनुसार धरान स्वास्थ्य चौकी छाता चौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले भिसा र पासपोर्टको आधारमा सक्नेछ भने पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा वडा नं. ४, ५ र ६ का नागरिकहरुले लगाउन सक्नेछ । 

    विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं.२०, धरान ८ स्थित सभागृहमा वडा नं. ७, ८ र ९ का नागरिक तथा सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरूले लगाउने छ ।

    वडा नं. १३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा वडा नं. ४, १३ र १४ नागरिकहरूका साथै खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरूलाई पनि सोही केन्द्रमा खोप लगाइने छ ।

    पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा वडा नं. ६ र १५ का नागरिकहरूलाई लगाइने छ भने कार्मेल हाईस्कुलमा वडा नं. ११, १७, १८ र १९ का नागरिकहरूलाई लगाइने मेहताले बताए ।

    उनले कोरोना विरुद्धको भेरोसेल खोप साउन ११, १२ र १३ गतेसम्म लगाइने जानकारी दिए । प्रत्येक खोप केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाइने छ । धरानमा भेरोसेल खोप ५ हजार आएको छ । 

    यस्तै, अमेरिकन जोन सन खोप धरानमा साउन १४ र १५ गते दुई दिन लगाइने पनि स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको जोन सन खोप लगाइने जानकारी दिए । साथै, जोन सन खोप अति अशक्त अपाङ्गता भएका नागरिकहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने छ । धरानका लागि जोन सन खोप ५ हजार आउने उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology