एजेन्सी – स्पेनिस क्लब रियल मड्रिड प्रि–सिजनको मैत्रीपुर्ण खेलमा पराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा रियल स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको हो। १० खेलाडीमा समेटिएको रियल रेन्जर्ससँग २–१ गोलले पराजित भएको हो।
आइब्रक्स स्टेडियम ग्लास्गोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा फासिअन साकाला र सेडरिक इटेनले गोल गरे । रियलका रोड्रिगोको गोल सान्त्वना बन्यो । खेलको आठौं मिनेटमा नै रोड्रिगोको गोलबाट रियलले अग्रता लिएको थियो। रियलले आफ्नो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।
५५ औं मिनेटमा पासिअन साकालाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा नाचो फर्नान्डेस दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो । त्यसको एक मिनेटपछि नै सेडरिक इटेनले गोल गर्दै रेन्जर्सलाई २–१ को अग्रता दिलाए ।
अब रियलले अर्को मैत्रीपुर्ण खेल इटालियन क्लब एसी मिलानसँग ८ अगस्टमा खेल्दैछ । त्यसपछि रियलले १५ अगस्टमा एलाभेससँग खेल्दै नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij