Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सशस्त्रले पक्रियो एक सय ३२ बोरा चिनी

सशस्त्रले पक्रियो एक सय ३२ बोरा चिनी

  • 165
    SHARES
  • सशस्त्रले पक्रियो एक सय ३२ बोरा चिनी

    काठमाडौं । सुनसरीकाे दुहबीबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएको एक सय ३२ बोरा चिनी बरामद गरेको छ ।

    दुहबी नगरपालिका–७ भलुवास्थित सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब चा। लाख २० हजार ४२० रुपैयाँ बराबरको चिनी सहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरीको नं. ४ गण सुनसरीले को २ त ५२७९ नम्बरको ट्याक्टरमा भारतबाट चोरी पैठारी गरेको एक सय ३२ बोरा चिनी सहितको ट्याक्टर नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी देख्नेबित्तिकै ट्याक्टरका चालक भने फरार भएका छन् । 

    बरामद चिनी र ट्याक्टर भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । बरामद चिनीको मूल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मूल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij