Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सदस्यता छानविन समितिका सदस्य गुरुङ नै समितिको प्रतिवेदनप्रति असन्तुष्ट

सदस्यता छानविन समितिका सदस्य गुरुङ नै समितिको प्रतिवेदनप्रति असन्तुष्ट

  • श्रावण १२, २०७८ मंगलवार १४:३७ बजे
  • 464
    SHARES
  • सदस्यता छानविन समितिका सदस्य गुरुङ नै समितिको प्रतिवेदनप्रति असन्तुष्ट

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङ समितिको प्रतिवेदनप्रति असन्तुष्ट देखिएका छन् ।  प्रतिवेनमा चित्त नबुझेका उनले नेतृत्वसमक्ष  ‘नोट अफ डिसेन्ट’ लेखेर पेश गरेका छन् । 

    प्रतिवेदनमा केही जिल्ला र वडाको नयाँ सदस्यताबारे निर्णय गर्न नसकिएकोले शीर्ष तहबाटै समाधान गर्न दिएको सुझावप्रति गुरुङले असन्तुष्टि जनाएका हुन् । गुरुङले भने सबै विवाद समितिबाटै टुंग्याउनुपर्ने र अपूर्ण प्रतिवेदन बुझाउन नहुने तर्क गरेका छन् । 

    समितिका अन्य सदस्यहरूले मंगलबार (आज) सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरे पनि गुरुङ भने यसमा असहमत देखिएका हुन् । गुरुङले १४ औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषण यसअघि नै गरेका छन् । समितिले आज सभापति देउवामार्फत केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij