Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

करिब ६० लाख पर्ने कपाल चोरी,प्रहरीले जाहेरी लिएन !

करिब ६० लाख पर्ने कपाल चोरी,प्रहरीले जाहेरी लिएन !

  • श्रावण १३, २०७८ बुधवार १२:०१ बजे
  • 743
    SHARES
  • करिब ६० लाख पर्ने कपाल चोरी,प्रहरीले जाहेरी लिएन  !

    नयाँ दिल्ली । इन्दोरमा कपाल चोरी भएको एक अनौठो घटना सार्वजनिक भएको छ ।  इन्दोरबाट हावडा जाने रेलबाट १० क्विन्टलभन्दा बढि कपाल चोरी भएको छ । चोरी भएको कपालको मूल्य ६० लाख रुपैंया रहेको छ । तर अहिलेसम्म यस घटनाबारे कुनै उजरी दर्ता भएको छैन । यस घटनाको मुद्धा दर्ताको लागि महाराष्ट्रका फेरीवाला सम्बन्धित पुलिस चौकीमा दिनहुँ धाइरहेका छन् ।  

    images

    फेरीवालालहरुले एक किलो कपाललाई ६ हजार रुपैंयासम्ममा बेच्ने गर्छन् । कपाल जम्मा गर्नको लागि फेरीवालाहरु गाउँ, सहरको गल्ली–गल्ली धाउने गर्छन् । उनीहरुले काटेको कपाल लिँदैनन् । कपाल कोर्दै गर्दा झरेको त्यो पनि महिलाको कपालमात्र लिने गर्छन् ।  कपालको लम्बाई कम्तिमा ८ इन्च हुनुपर्छ । यसरी जम्मा गरिएको कपालबाट विग बनाइन्छ । 

    फेरीवालाकाअनुसार महाराष्ट्रका १५० जना इन्दोरमा घर–घरमा गएर कपाल जम्मा पार्छन् । १० ग्राम कपाललाई २० रुपैंयामा खरिद गर्छन् । ६ जुलाई २०२१ मा इन्दोर रेलवे स्टेसनबाट कोलकत्ता–हावडाको लागि २२ बोरा कपाल बुक गराइएको थियो । यीमध्ये ३ बोरामात्र हावडामा पुर्याइएको थियो भने बाँकी १९ बोरा कपाल चोरी भएको थियो । फेरीवालाहरुले यस घटनाबारे चौकीमा दर्ता गर्न खोज्दा पुलिसले अस्विकार गरेका बताएका छन् ।

    चोरी भएको कपाल जम्मा गर्न एक वर्ष लागेको थियो । धेरै वर्षदेखि फेरीवालाले कपाल हावडा पठाउने काम गर्दै आइरहेका थिए । यो पटक रेलवेस्थितको पार्सल विभागको लापरवाहीले कपाल चोरी भएको फेरीवालाहरुको आरोप छ । उनीहरुले पुलिसले पनि सहयोग नगरेको गुनासो व्यक्त गरेका छन् । २२ बोरामा १ हजार किलोभन्दा बढि कपाल भएकोे  उनीहरुको भनाई छ ।  

    एक वर्षदेखि घामपानी केही नभनेर जम्मा गरेको कपाल चोरी हुँदा उनीहरुको दैनिकी नै कष्टकर बितिरहेको छ । कपाल जम्मा गर्दा उनीहरुले नगद कारोबार गर्थे । जसकारण उनीहरुसँग भएको नगद पनि सकिएको छ । 

    कपाल व्यापारी मोहम्मद हसनले मध्ये प्रदेशबाट ५ देखि ६ प्रतिशत कपाल आउने गरेको बताए । उनकाअनुसार मध्ये प्रदेशबाट आउने कपालको क्वालिटी राम्रो छैन । कपाल सुख्खा र कमजोर छ । बजारमा गुजरातबाट आउने कपालको माग बढि छ । त्यहाँको कपाल चम्किलो र बलियो हुन्छ । पछिल्लो समया कोरोनाकालमा कपाल व्यवसायमा कमी आएको छ । मध्ये प्रदेशमा प्रत्येक वर्ष करिब ५० करोड रुपैंया बराबरको कपालको कारोबार हुने गरेको व्यापारी मोहम्मद बताउँछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology