Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कक्षा १२ का विद्यार्थीले आफ्नै स्कुलबाट परीक्षा दिन पाउने

कक्षा १२ का विद्यार्थीले आफ्नै स्कुलबाट परीक्षा दिन पाउने

  • 694
    SHARES
  • कक्षा १२ का विद्यार्थीले आफ्नै स्कुलबाट परीक्षा दिन पाउने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा विद्यार्थीले पठनपाठन गरेको विद्यालयबाटै दिने व्यवस्था मिलाउने भएको छ । 

    images

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिने तय गरिएको जानकारी दिए ।

    बोर्डले कक्षा १० को नतिजा आन्तरिक मुल्यांकनबाटै प्रकाशनको तयारी गरेको भए पनि कक्षा १२ को मूल्यांकन भौतिक उपस्थितिमै गर्न सुझाव आएकाले होम सेन्टरबाटै परीक्षा लिन लागिएको बताए ।

    बैठकमा सांसदहरुले होम सेन्टरबाट लिइने परीक्षा सुरक्षाको मापदण्ड पालना गराउने गरी मर्यादित बनाउन र उच्च शिक्षाका लागि अप्ठ्यारो नपर्ने गरी व्यवस्था मिलाउन बोर्डले विचार पुर्‍याउनुपर्ने बताएका थिए ।

    शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदल (सीसीएमसी)को निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने बताए ।

    समितिले स्वास्थ्य मापदण्ड अपनाउँदै सकेसम्म कम संख्या रहने गरी परीक्षा सञ्चालन गर्न, परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्था, संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन सुझाव दिएको छ । 

    कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology