वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रूपैयाँ २६ पैसा, युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ २६ पैसा र बिक्रीदर १६५ रूपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रूपैयाँ ९५ पैसा,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रूपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रूपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५ रूपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ १४ पैसा र बिक्रीदर २२ रूपैयाँ २४ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १९ रूपैयाँ ९३ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ ३९ पैसा र बिक्रीदर चार रूपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०४ पैसा र बिक्रीदर १० रूपैयाँ ०८ पैसा, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २१ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७० पैसा कायम गरिएको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रूपैयाँ २७ पैसा र बिक्रीदर ४६५ रूपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ९३ पैसा र विक्रीदर ३६९ रूपैयाँ ४९ पैसा तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij