Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

जयपृथ्वी राजमार्ग अवरुद्ध

जयपृथ्वी राजमार्ग अवरुद्ध

  • 344
    SHARES
  • जयपृथ्वी राजमार्ग अवरुद्ध

    बैतडी । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।  

    images

    सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । 

    भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने, 'पर्खाल निर्माण गर्न दुई/तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।'

    राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सयभन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।  

    वर्षात्को समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । फाइल तस्बिर ।    

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology