Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भारतसँग औपचारिक विरोध जनाउन एमाले सांसदको माग

भारतसँग औपचारिक विरोध जनाउन एमाले सांसदको माग

  • 484
    SHARES
  • भारतसँग औपचारिक विरोध जनाउन एमाले सांसदको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै तुइन प्रकरणबारे सरकारले भारतसमक्ष विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गरेका छन् । तुइन काटिँदा जयसिंह धामी शुक्रबारदेखि बेपत्ता छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij