Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्युत प्राधिकरणका प्रमुख निर्देशक शाक्यको चेतावनी- आपत्तिजनक तरिकाबाट हटाए अदालत जान्छु

विद्युत प्राधिकरणका प्रमुख निर्देशक शाक्यको चेतावनी- आपत्तिजनक तरिकाबाट हटाए अदालत जान्छु

  • 1.1K
    SHARES
  • विद्युत प्राधिकरणका प्रमुख निर्देशक शाक्यको चेतावनी- आपत्तिजनक तरिकाबाट हटाए अदालत जान्छु

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट अपमानजनक तरिकाले हटाउन खोजेको जनाउँदै असन्तुष्टी व्यक्त गरेका छन् ।

    images

    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई प्राधिकरणको सो पदमा पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्न औपचारिक निर्देशन दिएपछि शाक्यले त्यसमा आपत्ति जनाएका हुन् । 

    प्रधानमन्त्रीले ऊर्जामा निर्देशन दिएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु अन्य कुन जिम्मेवारीमा खटाउँदा हुन्छ भन्नेबारेमा प्रक्रिया चालेको प्रतिक्रिया जनाएका छन् ।

    ‘मेरो अनुभव र क्षमताअनुसार मलाई जहाँको जिम्मेवारी दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन,’ शाक्यले भने । उनले आफू सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको तर अपमानजनक ढंगबाट आफूलाई हटाउन नहुने संकेतसमेत गरेका छन् ।

    कोभिड-१९ महामारीको बीचमा पनि आफ्नो नेतृत्वमा प्राधिकरणले परिणाममुखी काम गर्दै उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे । ‘सरकारले काम गर्ने विकल्प दिएर खटाएमा पद छोड्न तयार छु । अन्याय भयो भने अदालत जाने हो, नत्र किन अदालतमा जानु ?’ पत्रकारको जिज्ञासामा शाक्यले भने ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology