Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

  • 493
    SHARES
  • अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

    काठमाडौं । अर्घाखाँची जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए ।

    उनले भने, ‘अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।’ सङ्घीय सरकारको एक करोड ५० लाख रुपैंया सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ ।

    डा.गौतमकाअनुसार प्लान्टले दिनमा ७० सिलिन्डर भर्ने क्षमता राख्दछ । गत वैशाख/जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव थियो । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिजनको अभाव नहुने जानकारी दिए ।

    जिल्लामा संक्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीय सहितको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो ।

     हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या ३ हजार ५८७ पुगेको छ । यसैगरी संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij