Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सरुवा भए ६ सचिव, को कहाँ ?

सरुवा भए ६ सचिव, को कहाँ ?

  • 883
    SHARES
  • सरुवा भए ६ सचिव, को कहाँ ?

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।

    images

    मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।

    प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।

    यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

     

    मन्त्रिपरिषद्काे निर्णय:  सबै तहका कर्मचारीका लागि नयाँ तलबमान मन्त्रिपरिषद्काे निर्णय: सबै तहका कर्मचारीका लागि नयाँ तलबमान

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology