Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

माथिल्लो त्रिशूली १ सुरुङभित्र थप ११ वटा शव फेला

माथिल्लो त्रिशूली १ सुरुङभित्र थप ११ वटा शव फेला

  • 48
    SHARES
  • माथिल्लो त्रिशूली १ सुरुङभित्र थप ११ वटा शव फेला

    काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव भेटिएको छ । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा थप ११ शव फेला परेका हुन् । 

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ । यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए । खोजी अझै जारी रहेको नेपाली सेनाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij