Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रसुवा बाढीमा बेपत्ता भएका जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता भएका जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार

  • 64
    SHARES
  • रसुवा बाढीमा बेपत्ता भएका जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार

    काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ । जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत गर्न नसकेको राज्यको प्रतीक्षा गर्दागर्दै परिवारले आफैं अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो।

    गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए । त्यसयता परिवारले खोजी र उद्धारको आशा गरेर दिन गने। तर समय बित्दै गयो, आफन्तको कुनै अत्तोपत्तो भएन । न सासको खबर आयो, न शव भेटियो । अन्ततः हिन्दु परम्पराअनुसार कुशलाई शवको प्रतीक बनाएर परिवारले सामूहिक दाहसंस्कार गरेका छन्।

    स्थानीय युवा अगुवा रमन बुढाका अनुसार बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता लगाउन नसक्दा परिवार थप पीडामा परेको छ । ‘हामीले हाम्रा मान्छे खोजिदिन पटक पटक आग्रह गर्‍यौं । तर न सासको खबर आयो, न लास,’ उनले भने, ‘अन्ततः कुशको शव बनाएर संस्कार गर्न बाध्य भयौँ ।’ एउटै गाउँका १० जना नागरिक बेपत्ता भएको घटनामा समेत परिवारलाई उनीहरूको अवस्थाबारे स्पष्ट र विश्वसनीय जानकारी दिन नसक्नुले विपद्पछिको राज्य संयन्त्रको जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

    जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा पातारासी गाउँपालिकाका ४९ जना बेपत्ता छन्। माथिल्लो लोपार् १०, तल्लो लोर्पा गाउँका ४, लाम्री १५, तिर्खु ९, जम्ना २, तल्फी १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्। चन्दननाथ नगरपालिकाका ४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जना पनि अझै बेपत्ता रहेको प्रशासनको विवरण छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij