वेबटिभी खबर
काठमाडौं । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो । नेपालले पनि २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ ।
यो वर्षको नारा ‘कुनै पनि पल नछुटाउनुहोस् भन्ने रहेको छ । विशेष गरी मुटु रोगका लुकेका लक्षणहरूलाई समयमै चिन्न, नियमित स्वास्थ्य जाँच गर्न र मुटुको ख्याल राख्न प्रेरित गर्छ। यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij