Logo

२०८३, आश्विन १८ गते आइतवार

२०८३, आश्विन १८ गते आइतवार

देशका मुख्य राजमार्ग र विभिन्न सडकखण्ड अवरुद्ध

देशका मुख्य राजमार्ग र विभिन्न सडकखण्ड अवरुद्ध

  • 71
    SHARES
  • देशका मुख्य राजमार्ग र विभिन्न सडकखण्ड अवरुद्ध

    काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । रसुवामा गत भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन् । ती सडक अर्को सूचना नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ ।

    गण्डकी प्रदेशको मनाङमा बाढीका कारण बेशीसहर हुँदै खाङसार जाने सडक असोज ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीदेखि अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरसम्मको बेनी-जोमसोम सडकखण्ड पहिरोका कारण असोज १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-६ घुमाउरीघाटमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गतेदेखि प्रभावित भएको हो ।

    यस्तै, नवलपरासी पूर्वकै बौदीकाली गाउँपालिका-३ जन्तीमा असोज १४ गते गएको पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन भने सञ्चालन हुन नसक्ने जनाइएको छ । कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । असोज १२ गतेदेखि अवरुद्ध सडकको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन । विपद्का कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेका छन् । यात्रुले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij