Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्वास्थ्य राज्यमन्त्रीलाई डा.संग्रौलाको प्रश्न- कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी कस्तो छ ?

स्वास्थ्य राज्यमन्त्रीलाई डा.संग्रौलाको प्रश्न- कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी कस्तो छ ?

  • 938
    SHARES
  • स्वास्थ्य राज्यमन्त्रीलाई डा.संग्रौलाको प्रश्न- कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी कस्तो छ ?

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले बिहीबार प्रतिनिधिसभामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई काेराेना भाइरसविरुद्धकाे खोप व्यवस्थापनका विषयमा सरकारको योजनाबारे प्रश्न गरेकी छिन् ।

    सांसद डा.संग्रौलाले खोप केन्द्रमा बढेको भीडभाडको व्यवस्थापन गर्न नसकेको भन्दै खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ?  भनि प्रश्न गरिन् । 

    उनले भनिन्, ''देशमा दिनदिनै कोरोना संक्रमण फेरि बढ्न थालेको छ । दोस्रो लहरको छाल नसेलाउँदै महामारीको तेस्रो लहरको भय पैदा हुन थालेको छ । अघिल्लो लहरमा जस्तै आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि, जनतालाई अक्सिजन र फेरि पनि बेडको कमी नहोस् भन्नका लागि सरकारका योजनाहरू के-के छन् ? अब देशमा महामारीको स्थिति के हुने हो त्यसको विश्लेषण के छ ? 

    ''पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आफ्नै पालामा करोडौं खोप ल्याइदिएको भनेर यही संसदमा दाबी गर्नुभयो । खोपको अवस्था के छ ? प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भनेजस्तै सरकारको नीति नै ‘खोप, खोप र खोप’ भन्ने छ । अहिले पनि लाखौं डोज खोप लगाउन सकिएको छैन । खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको छ । खोपको सहज व्यवस्थापनका लागि सरकारले के गरिरहेको छ ?'' डा.संग्राैलाले थप भनिन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij