वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा.मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा। केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो ।
नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक पुरानो अभ्याससमेत परिवर्तन भएको छ । यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दज्र्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री गुरुङ आफैँले नवनियुक्त आईजीपीलाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
कार्यक्रममा निवर्तमान आईजीपी दानबहादुर कार्की भने अनुपस्थित थिए । यसैबीच, सरकारले निवर्तमान आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij