Logo

२०८३, आश्विन १८ गते आइतवार

२०८३, आश्विन १८ गते आइतवार

२४ घण्टामा सात सय सवारी ट्राफिक कारबाहीमा

२४ घण्टामा सात सय सवारी ट्राफिक कारबाहीमा

  • 73
    SHARES
  • २४ घण्टामा सात सय सवारी ट्राफिक कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ सवारीसाधनमाथि २४ घण्टामा कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जनामाथि कारबाही गरिएको छ ।

    यस्तै, सिसिटिभीबाट ४७, रेड लाइट उल्लंघन गर्ने ४६ र तीव्र गतिमा सवारी चलाउने १०७ जनामाथि कारबाही गरिएको छ । त्यसैगरी हर्न निषेध उल्लंघन गर्ने ८, लेन अनुशासन पालना नगर्ने ६ र सवारीको अवस्था ठीक नभएका २८ वटा सवारीमाथि कारबाही गरिएको छ ।

    अन्य कसुरमा ४५९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । वन-वे उल्लंघनमा भने कुनै कारबाही भएको छैन । कारबाहीको विवरण शनिबार बिहान ६ बजेसम्मको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij