Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

श्वेतपत्रका नाममा तथ्यहीन आरोपपत्र ल्याइयो: पूर्वअर्थमन्त्री पौडेल 

श्वेतपत्रका नाममा तथ्यहीन आरोपपत्र ल्याइयो: पूर्वअर्थमन्त्री पौडेल 

  • 812
    SHARES
  • श्वेतपत्रका नाममा तथ्यहीन आरोपपत्र ल्याइयो: पूर्वअर्थमन्त्री पौडेल 

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् । श्वेतपत्रमा प्रस्तुत गरिएका विषयवस्तुहरू अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत रहेको पौडेलको भनाइ छ । 

    श्वेतपत्रमा आर्थिकभन्दा बढी राजनीतिक आक्षेपले बढी ठाउँ पाएको पौडेलको आरोप छ । बजेट कहाँ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो अध्यादेशमार्फत आएका बजेटको कुन-कुन निकायका कस्ता-कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी नदिने पौडलको तर्क छ ।

    ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनिए पनि प्रस्तुत दस्तावेज विषयान्तर भएर पूर्ववर्ती सरकारको विरोधमा केन्द्रित भएको मैले पाएँ,’ उनले भने । 

    महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तथ्यांक, नेपाल राष्ट्र बैंकजस्ता सरकारी निकायले ल्याएको तथ्यांक खण्डन गर्ने आधार सरकारसँग नभएको उनले बताए । सरकारको सुविधाका लागि आर्थिक तथ्यांकहरुको तोडमोड गरेको उनले आरोप लगाए ।

    विगतका दुई आर्थिक वर्षहरू अमान्य आर्थिक वर्ष भएको पौडेलको भनाइ थियो । सरकारले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को सबैभन्दा सुविधाजनक अवस्थालाई कठिन अवस्थाका आर्थिक वर्षसँग तथ्यांकहरू तुलना गरिएको भन्दै श्वेतपत्रप्रति पौडेलले असन्तिुष्टि जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij